चुनावका सबै कार्यक्रम रद्द

admin

काठमाडौं, ३० असार : निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनाव २०७८ को चुनाव कार्यक्रम रद्द गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर ६ महिनाभित्र चुनाव गर्ने भन्दै कात्तिक २६ र मंसिर ३ गतेका लागि चुनावको मिति तोकेको थियो ।

तर सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसलासँगै आयोगले सबै कार्यक्रम रद्द भएको जनाएको छ । चुनावका लागि आयोगले केही कार्यक्रम अघि बढाएको थियो भने सरकारले बजेट पनि छुट्याएको थियो ।

प्रतिक्रिया