आज एक अङ्कले बढ्यो नेप्से

admin

काठमाडौं, ३० असार : बुधबार शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से एक दशमलव शून्य एक अङ्कले बढेर २८ सय ७२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ । होटल, जलविद्युत्, फाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढेको छ । बैंकिङ, विकास बैंक, निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी, उत्पादन, अन्य र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ ।

बुधबार दुई सय १४ कम्पनीका चार करोड ४७ लाख कित्ता शेयर पाँच अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै गुराँस फाइनान्सको साढे २९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनर कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया