दश लाख धरौटी बुझाएर रिहा भए विजयकुमार गच्छदार

admin

काठमाडौं, ३० असार : ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाइएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतले गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएपछि उनी रकम बुझाएर तारेखमा रिहा भएका हुन् ।

यसअघि फरार सूचीमा रहेका गच्छदार बुधबार बिहान आफैँ विशेष अदालतमा उपस्थित भएका थिए । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छादारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बालुवाटारको ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको हो । उनीसँगै एक सय ७५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । यो मुद्दाका केही व्यक्ति रिहा भइसकेका छन् भने केहीमाथि मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया