३५ किलो बुद्धचित्त सहित पाँच जना पक्राउ

admin

काठमाडौं, ३० असार : रामेछापबाट अवैध रुपमा लैजादै गरेको ३५ किलो बुद्धचित्तको दाना सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले असार २७ गते जिल्लाको सुनापती गाउँपालिकाबाट दुई वटा मोटरसाइकलमा सिन्धुली तर्फ लैजादै गरेको अवस्थामा काभ्रेका चार जनाको साथबाट १५ किलो १४ ग्राम र असार २८ गते काभ्रेको तेमाल गाउँपालिकाबाट रामेछाप हुदै काठमाडौं लैजादै गरेको अवस्थामा काभ्रेका एक जनाको साथबाट २० किलो ५०० ग्राम अवैध बुद्धचित्तको दाना नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी लुभुघाटबाट खटिएको संयुक्त टोलीले जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं १ स्थित खैरेनीघाट नाकाबाट बुद्धचित्तको दाना र पाँच जनालाई निन्त्रणमा लिएको हो । जिल्लामा उत्पादन भएको बुद्धचित्तका दाना अवैध रुपमा लैजादै गएको सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा ३५ किलो बुद्धचित्तको दाना सहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।

उनका अनुसार बुद्धचित्तको दाना सहित पक्राउ परेका काभ्रेको तेमाल गाउँपालिकाका वडा नं ९ का ३८ वर्षिय दुप्सन थोकर, ३१ वर्षिय धिरज तामाङ, ३५ वर्षिय रविन लामा, २८ वर्षिय जगत तामाङ र ६० वर्षिय दमाईसिंह तामाङलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको छ ।

प्रतिक्रिया