एक-एक रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

admin

काठमाडौं, ३१ असार : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एक-एक रुपैयाँका दरले घटाइएको निगमले जनाएको छ । निगम घाटामा हुँदाहुँदै पनि पाँच विद्यार्थी सङ्गठनको माग अनुसार एकरएक रुपैयाँ घटाइएको निगमको भनाइ छ ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर एक सय २८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य एक सय ११ रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको अवस्थामा नेपालमा पनि मूल्य बढ्ने कुरालाई ख्याल गरिदिन निगमले आग्रह पनि गरेको छ ।

प्रतिक्रिया