देउवाद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, केही महत्वपूर्ण निर्णय हुनसक्ने

admin

काठमाडौं, ३१ असार : बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै छ । दिउँसो २ बजे बैठकले पुनर्स्थापित प्रतिनिधि सभा बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्ने सम्भावना रहेको छ । गएको सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा पुनर्स्थापना गरी सात दिनभित्र संसद् बैठक बोलाउन आदेश जारी गरेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि दोस्रो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैतसम्म सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको थियो । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक मन्त्रिपरिषद् बैठक बोलाएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले पार्टी पदाधिकारी बैठक स्थगित गराएका थिए । बिहीबारको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया