आज आठ अर्बभन्दा धेरैको कारोबार

admin

काठमाडौं, ३१ असार : बिहीबार शेयर बजार परिसूचक मापक नेप्से ११ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ११ दशमलव ३३ अङ्कले बढेर २८ सय ३ दशमलव ३८ विन्दुमा पुगेको छ । व्यापार समूहको शेयर २८ दशमलव ७१ अङ्कले, हाइड्रोपावरको ५६ दशमलव १४ अङ्कले, फाइनान्सको ४७ दशमलव ८९ अङ्कले, निर्जीवन बीमाको ३६ दशमलव २६ अङ्कले र माइक्रोफाइनान्स समूहको शेयर ४५ दशमलव ७१ अङ्कले बढेको छ ।

बिहीबार होटल र पर्यटन समूहको शेयर भने ५० अङ्कभन्दा धेरैले घटेको छ । दुई सय २३ कम्पनीका पाँच करोड ८५ लाख कित्ता शेयर आठ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । नाङ्दी ग्रुप पावर कम्पनीको शेयर सबैभन्दा धेरै झण्डै साढे नौ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया