प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन साउन ३ गते बोलाउन मन्त्रिपरिषद्को सिफारिस

admin

काठमाडौं, ३१ असार : सरकारले साउन ३ गतेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफरिस गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले साउन ३ गते ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गएको सोमबार असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै संसद् अधिवेशन साउन ३ गते बेलुकी ५ बजेभित्र बोलाउन आदेश दिएको थियो । यस्तै बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया