उपत्यकामा निषेधाज्ञा साउन १० गतेसम्म लम्बियो, लामो दुरीका सवारी साधान नचल्ने (आदेशसहित)

admin

काठमाडौं, ३१ असार : काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा १० दिन थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकाको निषेधाज्ञा आउँदो साउन १० गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो । यस्तै काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने लामो दुरीका सवारी साधान चलाउन नपाइने तर अत्यावश्यक काम विशेषले उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनलाई चल्न दिने प्रशासनले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी नहुने गरी सञ्चालन गर्न पाउने यसअघिको व्यवस्था यथावत् छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्देशनअनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै समयमा पनि सञ्चालन गर्न पाइनेछ । त्यसबाहेकका अरू पसल बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।

रेस्टुरेन्ट तथा खाजा घरहरूले टेक अवे र होम डेलिभरी सेवा मात्रै सञ्चालन गर्न पाउने छन् । निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । चलचित्र हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, दर्शकसहितका खेलकुद, नित्य पूजाबाहेक मन्दिर तथा शैक्षिक संस्थामा भौतिक उपस्थितिलाई निषेध गरिएको छ । एउटा कोठामा २५ जनासम्म राखेर परीक्षा सञ्चालन गर्न भने पाइनेछ ।

प्रतिक्रिया