सर्वोच्चद्वारा विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश

admin

काठमाडौं, ३१ असार : सर्वोच्च अदालतले विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले बिहीबार वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

मुटुको उपचारका लागि सहिद गंगालाल राष्ट्रिय मुटुरोग केन्द्रमा उपचाररत वलीलाई थुनामा राखेर पुर्पक्ष गर्न लगाउनु मानवीय दृष्टिले मनासिव नदेखिएको उल्लेख छ । आदेशमा पछि मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहर भए बमोजिम हुने गरी साधारण तारेखमा राखेर छाड्न भनिएको छ ।

एनसेलको मुख्यालय भैँसेपाटी ललितपुरमा ब’म वि’स्फोट गराएको आरोपमा जिल्ला अदालत ललितपुरले वलीलाई २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । उच्च अदालतले पनि वलीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो । आदेशविरुद्ध वलीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

प्रतिक्रिया