खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त

admin

काठमाडौं, ३१ असार : महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

उनी नेपाल बार एसोसिएशनका पूर्व महासचिव समेत हुन् । महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार मानिन्छ । अस्ति मंगलबार तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएपछि यस पदमा खाती नियुक्त भएका हुन् ।

प्रतिक्रिया