आज प्रधानमन्त्री देउवा पूजापाठ गरी सरकारी निवास बालुवाटार सर्दै

admin

काठमाडौं, १ साउन : प्रधानमन्त्री शेरबहादुर देउवा (आज) शुक्रबार सरकारी निवास बालुवाटार सर्दै छन् । गएको मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएका उनी शुक्रबार बालुवाटार सर्न लाग्नु भएको हो । धेरैजसो काम गर्दा शुभ साइत हेर्ने उनले शुक्रबार पनि साइत पारेर बालुवाटार सर्न लाग्नु भएको बुझिएको छ ।

साउने सङ्क्रान्ति पनि परेकाले पूजापाठ गरेर उनी शुक्रबार सरकारी निवास जाने निजी सचिवालयले जनाएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोट सरिसकेका छन् ।

प्रतिक्रिया