एमाले स्थायी कमिटीद्वारा देउवा नेतृत्व सरकारलाई विश्वासको मत नदिने निर्णय

admin

काठमाडौं, १ साउन : नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा (आज) शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो । बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको मात्र उपस्थिति रहेको थियो ।

एमालेका माधवकुमार नेपाल समूहको कार्यदल सदस्यहरूले बैठकलाई रोक्न माग गरेका थिए । साथै उनीहरूले यसअघि भएको १० बुँदे सहमतिअनुसार अगाडि बढ्न पनि आग्रह गरेका थिए । बैठकपछि पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीका सबै प्रतिनिधि सभा सदस्यलाई निर्णयको पालना गर्न निर्देशन दिएको बताए ।

साथै उनले अदालतको आदेश बमोजिम विश्वासको मतमा मतदान गर्नेरनगर्ने निर्णय व्यक्तिगत हुने समेत बताए । बैठकले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गरेको छ । साथै अध्यक्ष ओली र नेता नेपाल समूहबाट पाँचरपाँच जना सदस्य रहने गरी गठन भएको कार्यदल भङ्ग गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया