सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक, कहाँको कति पुग्यो? (सूचीसहित)

admin

काठमाडौं, १ साउन : सरकारले २८ प्रतिशत भाडा बढाएसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरिएकाे छ । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको असार २७ गतेकाे मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको नयाँ भाडादर यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक गरेकाे हाे।

विभागका अनुसार उक्त भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीमा लागू हुनेछ। केपी शर्मा ओली सरकारले यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको थियाे।

यता, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरिएकाे छ।

विभागका अनुसार यसअघि सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा इन्धानको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरेको थियो।

प्रतिक्रिया