नेपालको कोरोना अपडेट : थप १८ सय ७५ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २ साउन : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय १० जनाको पीसीआर र ५ सय ६५ जनाको एन्टीजेन पोजेटिभ आएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ६६ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या जन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६ लाख ३० हजार ४ सय ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप २ हजार १ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं थप ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ सय ९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया