मनसुन थप सक्रिय : अबको तीन दिन पश्चिम तराईमा बढी पानी पर्ने

admin

काठमाडौं, २ साउन : मनसुन थप सक्रिय भएको छ । आज दिउँसोदेखि मनसुन थप सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले वाग्मतीसहित प्रदेश एक र लुम्बिनीका केही ठाउँमा भारी वर्षा भैरहेको छ ।

काठमाण्डौ उपत्यका र प्रदेश दुई तथा गण्डकीमा पनि पानी परिरहेको छ । आज राति, भोली र पर्सिसम्म नै पानी पर्ने सम्भावना रहेको महाशाखामा मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

अबको तीन दिन पश्चिम तराईमा बढी पानी पर्ने तथा पहाड र हिमाली क्षेत्रमा तुलनात्मक रुपमा कम पर्ने मौसमविद्को अनुमान छ । भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनीका थोरै ठाउँमा ठूलो पानी पर्ने र पर्सि प्रदेश एक, प्रदेश दुई, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना छ ।

अरु ठाउँमा पनि हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।मनसुन थप सक्रिय भएकाले केही नदी तथा खोलामा बाढीको जोखिम बढ्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया