सार्वजनिक यातायातमा मनपरी भाडा

admin

काठमाडौं, २ साउन : काठमाडौं उपत्यकामा सार्वजनिक सवारीमा सकेजति भाडा असुल्न थालिएको छ। उपत्यकामा व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ ।

बढी भाडा लिने बारेमा प्र हरीलाई जानकारी गराए पनि कारबाही नभएको यात्रुले गुनासो गरेका छन् । ट्राफिक प्र हरीको नं १०३ मा फोन गरी तोकिएकोभन्दा रु छ बढी भाडा लिएको जानकारी गराए पनि कारवाही नभएको यात्रुको दुःखेसो छ ।

सवारी पनि दादागिरी देखाउँदै सडकमा कुदेकाले कारवाही नभएको बताइएको छ। यही साउन १ गते शुक्रबार नै रत्नपार्कबाट गौशालासम्म सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले तोकिएभन्दा रु छ नै बढी भाडा तिर्नुपरेको जनाएको छ ।

छोटो दूरीमा रु छ र लामो दूरीमा दोब्बरसम्म बढी भाडा असुली भइरहेको भएपनि अनुगमन गर्नुपर्ने निकाय मौन छन् । विभागको वेबसाइटमा राखिएको ल्याण्डलाइन फोन सम्पर्क गरेर जानकारी गराउन खोज्दा फोन नउठ्ने गरेको यात्रुको गुनासो छ ।

विभागले गत वैशाख १७ गते भाडा बढाउने सम्बन्धमा पठाएको फाइलको निर्णयानुसार गत असार २७ गते भाडा बढाएको हो । सवा दुई महिनासम्म फाइल थन्क्याएर सरकार परिवर्तन हुने बेलामा भाडा बढाइएको भन्दै पाँच विद्यार्थी सङ्गठनलगायत नागरिकस्तरबाट पनि यसको विरोध भइरहेको छ ।

प्रतिक्रिया