कटुवा पेस्तोलसहित दाजुभाइ प क्राउ

admin

काठमाडौं, २ साउन : सुनसरीको कोसी गाउँपालिकामा एकआपसमा झगडा गरिरहेका दाजुभाइलाई प्र हरीले हतियारसहित प क्राउ गरेको छ । सशस्त्र प्र हरी बल इनरुवाको टोलीले शनिबार कोसी गाउँपालिका ५ स्थित कुम्याहीबाट ४८ वर्षीय विद्यानन्द यादव र ४६ वर्षीय चन्द्रदेव यादवलाई पेस्तोलसहित प क्राउ गरेको हो ।

उनीहरू बिहानै आपसमा झ गडा गरेका थिए । गोली हानेर उडाइदिने धम्की सहित झ गडा गरेको पाइएपछि स्थानीयले सशस्त्र प्र हरीलाई सूचना दिएका थिए । स्थानीयको सूचनाका आधारमा सशस्त्र प्र हरीको टोली घट नास्थल पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । घरमा छापा मार्दा नजिकको आँपको रुखमुनि लुकाइराखेको एक थान कटुवा पेस्तोल र एक थान गो ली पनि बरामद गरिएको सशस्त्र प्र हरी बल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी माधव पौडेलले जानकारी दिए ।

उनीहरूलाई नियन्त्रणमा लिएर सशस्त्र प्रह रीले सोधपुछ गरेको थियो । सोधपुछको क्रममा उनीहरूले पेस्तोल आँपको बोटमुनि राखेको बताएका थिए । सशस्त्र प्र हरीले शनिबार नै नेपाल प्र हरीलाई कारबाहीका लागि बुझाएको छ ।

उनीहरूलाई हातहतियार तथा खरखजनासम्बन्धी कसुरअन्तर्गत कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्र हरी कार्यालयका प्रमुख एसपी सञ्जय सिंह थापाले जानकारी दिए ।

उनीहरूबीच जग्गाको विषयमा वि वाद भएको बताइएको छ । उनीहरूको घर भारतीय सीमानजिकै पर्छ । हतियार कसले प्रयोग गरेको भन्ने अनुसन्धान भइरहेको प्र हरीले जनाएको छ ।

प्रतिक्रिया