संसद सचिवालयका तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि

admin

काठमाडौं, २ साउन : संघीय संसद सचिवालयमा कार्यरत तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संसद सचिवालयले संघीय संसदको अधिवेशनअघि आठ सय १ जनाको एन्टिजेन परीक्षण गराएको थियो । तीमध्ये तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएका तीन कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ । सभामुखसहित सात सय ९८ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया