दुवै डोजको खोप लगाएका बेलायतका स्वास्थ्य सचिवलाई कोरोना संक्रमण

admin

एजेन्सी, ३ साउन : कोरोना विरुद्धको खोपको दुवै डोज लगाएका बेलायतका स्वास्थ्य सचिवलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य सचिव साजिद जाविदलाई संक्रमण भएको हो । उनले आफूलाई सामान्य लक्ष्यण देखिएको र आइसोलेशनमा बसेर घरबाटै काम गर्ने बताएका बीबीसीले जनाएको छ ।

(अस्ति) शुक्रबार साजिदले प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री जोन्सन आइसोलेशनमा बस्ने वा नबस्ने स्पष्ट भएको छैन । बेलायतमा बितेको केही दिनयता संक्रमण फेरि बढ्दै गएको छ । पछिल्लो दुई दिन लगातार ५० हजार नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया