आज छ सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ३ साउन : आइतबार सुनचाँदीको मूल्य केही घटेको छ । हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा ९३ हजार दुई सय रुपैयाँ थियो ।

यस्तै सोही परिमाणको तेजावी सुनलाई भने आइतबार ९२ हजार १ सय रुपैयाँ पर्नेछ । तेजावी सुन गत साता शुक्रबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी आइतबार चाँदीको पनि मूल्य घटेको छ । शुक्रबार तोलामा १३ सय २० रुपैयाँ रहेको चाँदी आइतबार १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया