थप १८०१ जनामा संक्रमण पुष्टि, २३ जनाको ज्यान गयो

admin

काठमाडौं, ३ साउन : आइतबार नेपालमा थप १ हजार ८०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नौं हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप १६६७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.७ प्रतिशत रहेको छ । देशभर २२ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ५६१ जना आईसीयूमा छन् भन् १६५ जना भेन्टिलेटरमा रहेका छन् ।

त्यस्तै, कोरोना संक्रमणबाट थप २३ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा ९ हजार ५५० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको दर १.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया