संसदमा आज ओली आएको भए खुसी हुन्थेँ: प्रधानमन्त्री देउवा

admin

काठमाडौं, ३ साउन : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रतिनिधि सभामा आएको भए आफू खुसी हुने बताएका छन्।

ओली प्रधानमन्त्री हुँदा सधैं आफू बैठकमा आएको बताउँदै प्रधानमन्त्री देउवाले के ओली कारणले नआएको हो थाहा नभएको बताए। ‘उहाँ (ओली) बोल्दा म सधैं यहाँ आएको छु,’ देउवाले भने, ‘पहिले मनमोहन अधिकारी म बोल्दा पनि आउनुहुन्थ्यो उहाँ बोल्दा पनि म दौडेर आउँथेँ।’ ओली प्रतिनिधि सभा भवन गए पनि बैठकमा अनुपस्थित थिए।
l
देउवाले विश्वासको प्रस्तावका पक्षमा मत दिने बताएका सबै दल तथा नेतालाई धन्यवाद दिएका छन्। उनले आज प्रतिनिधि सभामा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ बोल्ने ठाने पनि नबोलेको बताए।

प्रधानमन्त्रीले आफूले विपक्षलाई आक्रमण गर्ने पक्षमा नरहेको पनि बताए। एमाले सांसद प्रदीप ज्ञवालीतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले ‘धेरै आक्रमण गर्नुहोला भन्ठानेको गर्नुभएन’ भनेका छन्।

प्रधानमन्त्री देउवाले रेशम चौधरीलाई मन्त्रिपरिषदले निर्णय गरे पनि नछुट्ने बताए। जेल राख्न कसैलाई पनि मन नभएको उनले बताए। प्रधानमन्त्री देउवाले खोप नै प्राथमिकता रहेको बताए। ‘हाम्रो प्राथमिकता कोरोनाविरूद्ध खोप-खोप-खोप हो,’ प्रधानमन्त्री देउवाले भने।

प्रतिक्रिया