काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाधई दिनु भएको छ । मोदीले आइतबार राति ट्वीटमार्फत बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
साथै प्रधानमन्त्री देउवाको कार्याकालमा दुई देशबीचका विशिष्ठ सम्बन्ध थप सुधार हुनुका साथै जनता जनताबीचको सम्बन्ध थप गहिराहीमा पुग्ने बताउनु भएको छ ।प्रधानमन्त्री देउवाले आइतबार राति संसदबाट विश्वासको मत पाए लगत्तै मोदीले उहाँलाई वधाइ दिनु भएको हो ।
Congratulations Prime Minister @DeubaSherbdr and best wishes for a successful tenure. I look forward to working with you to further enhance our unique partnership in all sectors, and strengthen our deep-rooted people-to-people ties.
— Narendra Modi (@narendramodi) July 18, 2021