प्रधानमन्त्री देउवाद्वारा ‘जोन्सन एण्ड जोन्सन’ खोप अभियानको शुभारम्भ

admin

काठमाडौं, ४ साउन : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सरकारबाट प्राप्त ‘जोन्सन एण्ड जोन्सन’ खोप अभियानको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री देउवाले सोमबार गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ परिसरमा पुगेर अपाङ्गता भएकालाई कोरोनाविरुद्ध जोन्सन खोप दिने अभियानको शुरुआत गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले सबै नेपालीलाई खोप लगाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए । अमेरिकी सरकारबाट प्राप्त ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाउन थालिएको हो । त्यस्तै प्रधानमन्त्री देउवाले काठमाडौंको बीर अस्पताल लगाएतका अन्य खोप केन्द्रमा पुगेर खोप अभियानको अनुगमन र निरिक्षण गरेका थिए ।

अमेरिकाले नेपाललाई एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप उपहारमा उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपाङ्गता भएका क र ख वर्गको परिचय पत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मीलगायतलाई दिइने छ ।

प्रतिक्रिया