आज दुई सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ४ साउन : सोमबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको छ । आइतबार तोलाको ९२ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै सोमबार तेजाबी सुनको मूल्य समेत गत आइतबारको तुलनामा २०० रुपैयाँले नै बढेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी चाँदी भने तोलामा ५ रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया