थप दुई हजार ४ सय ४५ जनामा संक्रमण पुष्टि, ३२ जनाको ज्यान गयो

admin

काठमाडौं, ४ साउन : सोमबार देशभर दुई हजार चार सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सात हजार आठ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ४२ जना र तीन हजार आठ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय तीन जना गरी दुई हजार चार सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात लाख १८ हजार चार सय ९४ पुगेको छ । बितेको २४ घण्टामा एक हजार दुई सय ५८ जना संक्रमित निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३३ हजार तीन सय ३२ जना पुगेको छ । यस्तै थप ३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार पाँच सय ८२ जना पुगेको छ । अहिले नेपालमा २५ हजार आठ सय ३७ जना कोरोनाका सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये पाँच सय ६४ जनाको आईसीयू र एक सय ५५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया