आज नेप्से १४ अङ्कले बढ्यो

admin

काठमाडौं, ४ साउन : सोमबार शेयर बजार कारोबार मापक नेप्से परिसूचक बढेको छ । नेप्से १३ दशमलव ९७ अङ्कले बढेर दुई हजार नौ सय ९४ दशमलव ५८ विन्दुमा पुगेको छ । विकास बैंक, जलविद्युत्, बीमा, होटल, फाइनान्स र माइक्रोफाइनान्स समूहबाहेक अरू समूहको शेयर बढेको छ ।

बैंकिङ समूहको शेयर झण्डैं ११ अङ्कले, व्यापार समूहको एक सय ९६ अङ्कले, निर्जीवन बीमा समूहको एक सय एक अङ्कले, उत्पादन समूहको ४१, अन्यको १७ र लगानी समूहको शेयर साढे एक अङ्कले बढेको छ । सोमबार दुई सय १९ कम्पनीका तीन करोड ७५ लाख कित्ता शेयर ११ अर्ब ८१ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३५ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सिनर्जी पावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि गुराँस फाइनान्स, मञ्जुश्री फाइनान्स, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया