देउवा र मोदीबीचको टेलिफोन वार्तामा कोरोनाविरुद्धको खोप दिने आश्वासन

admin

काठमाडौं, ४ साउन : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले (आज) सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर कुराकानी गरेका छन् । प्रधानमन्त्री देउवालाई आइतबार बधाई दिएका मोदीले सोमबार फोनमा कुराकानी गरेर आउँदो दिनको सहकार्य र कोरोना महामारीविरुद्ध संयुक्त रूपमा लड्ने कुरा भएको भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमार्फत जानकारी दिएका छन् ।

यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन पनि दिएका छन् । प्रधानमन्त्री देउवाले पनि टेलिफोन कुराकारनीमा भारतीय प्रधानमन्त्री मोदीले छिट्टै कोरोना खोप दिने आश्वासन दिएको ट्विटरमार्फत जानकारी दिएका छन् ।

टेलिफोन कुराकानीका क्रममा मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया