सिन्धुपाल्चोक र मनाङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घाेषणा गर्ने सरकारकाे निर्णय

admin

काठमाडाैं, ४ साउन : सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीसमेत रहनुभएका प्रवक्ता कार्कीले भन्नुभयो, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ ।’

यस्तै सरकारले खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै मित्र राष्ट्रलाई धन्यवाद दिँदै अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा छिमेकी राष्ट्रसँग आह्वान गरेकाे पनि प्रवक्ता कार्कीले बताउनुभयो । मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेकाे छ ।

प्रतिक्रिया