असारे विकास क्रम नरोकिएको भन्दै असन्तुष्टि अर्थ मन्त्री शर्मा

admin

काठमाडौं, ५ साउन : अर्थ मन्त्री जनार्दन शर्माले विकास खर्च शत प्रतिशत पुर्‍याउन सचिवहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालय र अन्य विकासे मन्त्रालयका सचिवलाई बोलाएर अर्थ मन्त्री शर्माले हरेक वर्ष विकास बजेट खर्चको अवस्था दयनीय भएको र असारे विकासको क्रम नरोकिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका छन् । काम गर्दै गर्दा आइपरेका जस्तासुकै समस्या समाधानका लागि पनि आफूले साथ र सहयोग गर्ने तर खर्च नहुने अवस्था अन्त्य हुनैपर्ने अर्थ मन्त्री शर्माको भनाइ छ ।

सचिवहरूले प्राकृतिक विपत्ति, विकास आयोजनामा दक्ष जनशक्तिको अभाव, अध्ययनविना आयोजनामा रकम विनियोजन हुनु, ठेक्का आह्वानमा समस्या, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहणमा समस्या लगायतका कारण लक्ष्यअनुसारको खर्च गर्न नसकिएको बताएका छन् । सचिवहरूका कुरा सुनेपछि अर्थ मन्त्री जनार्दन शर्माले विकास बजेट खर्च गर्न भइरहेका समस्या र समाधानका उपाय पेस गर्न निर्देशन दिँदै नयाँ सोच र जोसका साथ काममा लाग्न सुझाव दिएका छन् ।

प्रतिक्रिया