एकै दिन ३ हजारभन्दा धेरै जनामा संक्रमण पुष्टि, थप २५ जनाको ज्यान गयो

admin

काठमाडौं, ५ साउन : मंगलबार देशभर तीन हजार एक सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार आठ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय दुई जनामा र चार हजार दुई सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ६ जनामा गरी तीन हजार एक सय आठ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात लाख २१ हजार ६ सय १७ पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक हजार पाँच सय ९५ जना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ६ लाख ३४ हजार नौ सय २७ पुगेको छ ।

अहिले नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार चार सय १९ रहेको छ । यस्तै कोरोनाका कारण थप २५ जनाको ज्यान गएसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार ६ सय सात पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया