आज एकैदिन सुनको मूल्य सात सय घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ६ साउन : बुधबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ९३ हजार २ सय रुपैयाँ पुगेको सुनको मूल्य बुधबार ९२ हजार ५ सय रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ७०० रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँ कायम भएको छ । यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया