थप दुई हजार ८ सय ३८ जनामा संक्रमण पुष्टि, ३० जनाको ज्यान गयो

admin

काठमाडौं, ६ साउन : बुधबार दुई हजार आठ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आठ हजार सात सय १५ जनाको पीसीआर र तीन हजार नौ सय एक जनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार आठ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको सात लाख २४ हजार चार सय ५५ पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक हजार चार सय ७५ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३६ हजार चार सय दुई जना पुगेको छ ।

अहिले नेपालमा २६ हजार आठ सय ३२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस्तै थप ३० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार ६ सय ३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया