थप दुई हजार ७ सय १४ जनामा संक्रमण पुष्टि, २४ जनाको ज्यान गयो

admin

काठमाडौं, ७ साउन : बिहीबार दुई हजार सात सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ हजार एक सय २२ जनाको पीसीआर परीक्षण गर्दा एक हजार आठ सय ५५ जनामा र तीन हजार सात सय सात जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ५९ गरी दुई हजार सात सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घन्टामा नमुना परीक्षण गरिएकामध्ये २१ दशमलव १५ प्रतिशतमा संक्रमण देखिएको छ । नेपालमा अहिलेसम्म सात लाख २७ हजार एक सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै थप एक हजार दुई सय ८८ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६ सय ९० पुगेको छ ।

अहिले नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार तीन सय ७५ रहेको छ । यस्तै थप २४ जनाको ज्यान गएको विवरण प्राप्त भएसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ हजार ६ सय ६१ जना पुगेको छ ।

प्रतिक्रिया