लागू औषधसहित ५ जना पक्राउ

admin

दाङ, ७ साउन : दाङमा प्र हरीले करिब १० किलो चरेस र ९ ग्राम ब्राउन सुगरसहित पाँच जनालाई प क्राउ गरेको छ।

प क्राउ पर्नेमा बाग्लुङ निसिखोला गाउँपालिका–१ बस्ने २१ वर्षीय सुदीप सिंजाली मगर र बाग्लुङ बरिगाड गाउँपालिका–२ बस्ने ३० वर्षीय रेम बहादुर भुजेल, दाङ तुलसीपुर उपमहानगरपालिका–१ पैयाखोरे बस्ने १८ वर्षीय प्रेम प्रकाश बिक, वडा नं ५ का किरण बिक र वडा ६ भिआइपी टोल बस्ने ४५ वर्षीया चामु कुमारी विश्वकर्मा छन्।

जिल्ला प्र हरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–१ धानखोलास्थित एक होटलबाट ९ किलो ९ सय ३० ग्राम चरेससहित मगर र भुजेललाई प क्राउ गरेको हो। जिल्ला प्र हरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले धानखोलामा रहेको हुम्ला रलिङग होटेलमा लागू औषध चरेस कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्र हरीको टोलीले उनीहरुलाई चरेससहित प क्राउ गरेको जानकारी दिए।

त्यस्तै प्र हरीले ९ ग्राम लागू औषध ब्राउन सुगरसहित तीन जनालाई प क्राउ गरेको जनाएको छ। तुलसीपुर–१३ दमारगाँउमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपालगन्ज देखि तुलसीपुर आउँदै गरेका प्रेम प्रकाशले चलाएको रा ५ प ८५१५ नम्बरको मोटरसाइकलमा सवार किरणले लगाएको मास्कभित्र लुकाई राखेको दुई ग्राम ब्राउन सुगर फेला परेपछि उनीहरूलाई प क्राउ गरेको प्र हरीले जनाएको छ।

त्यस्तै दमारगाँउमा नेपालगञ्जबाट तुलसीपुर दाङ आउँदै गरेको ना ४ ख ७२९४ नम्बरको बसमा सवार विश्वकर्मालाई पनि चेकजाँच गर्दा उनले बोकेको ब्याग भित्र लुकाई राखेको सात ग्राम ब्राउन फेला परेको प्रवक्ता रिजालले जानकारी दिए।

प्रतिक्रिया