काठमाडौं, ८ साउन : एउटा महत्वाकांक्षी नेताका निम्ति पदमा हुनु र नहुनुको भिन्नता कस्तो हुन्छ भन्ने कुरा अहिले व्यवहारिक रुपमै प्रकट हुन थालेको छ । प्रधानमन्त्रीबाट पदच्युत भएपछि केपी ओलीसँग राजकीय मामिलाका सामान्यभन्दा सामान्य सूचना पनि हुन छाड्यो ।
अर्थात्, साढे तीन वर्षसम्म विश्वास गरेर चलाएको राज्यसंयन्त्रले उहाँलाई सरकार छाडेको साढे तीन घण्टा पनि नबित्दै यस्तरी छाडिदियो कि कुहिराको काग भएर बस्नुपर्ने अवस्था आयो । हिजो ठाउँको ठाउँ, कहाँ, को, के गर्दैछन् भन्ने कुरा दुरुस्त सूचना राज्यसंयन्त्रबाट मिल्थ्यो । तर, सरकारबाट हटेपछि कति अप्ठ्यारो पर्यो भन्ने केही घटना हेरौँ ।
आइतबार शेरबहादुर देउवाले ३० दिन नपर्खी विश्वासको मत लिन लागेको र आफ्नै आठ भाइ सांसदले फ्लोर क्रस गर्न लागेको कुरा बिहान स्थायी कमिटीको बैठक शुरु हुनुअघि र कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुपहिलेसम्म उहाँलाई थाहा थिएन ।
जबकि हिजो नेताहरुबीच संवादका एक से एक विवरण आफूमातहत ल्याइएका गुप्तचरले उहाँकोमा टेलिफोन रेकर्डसहित १० मिनेट नबित्दै पु¥याइसक्थे ।
साभार: जन आस्था अनलाईन