कांग्रेस पदाधिकारी बैठक बस्दै, के-के छन् छलफलका एजेण्डा ?

admin

काठमाडौं, ८ साउन : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज बस्दैछ । सानेपामा कार्यकर्ताको धर्ना भएका कारण बैठक बूढानिलकण्ठस्थित प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवाको निवासमा बस्दैछ । बैठक बिहान ९ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

के -के छन् छलफलका एजेण्डा ?

मुख्यत: बैठकमा कांग्रेसको १४ औँ महाधिवेशन तयारीमा केन्द्रित रहेर छलफल हुनेछ । पछिल्लो समय क्रियाशील सदस्यतामाथि १२५ वडामा देखिएको विवाद हल गर्नेबारे बैठक केन्द्रित हुनेछ ।

बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताईएको छ । प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका औपचारिक कार्यक्रम नगर्ने बताएसँगै आजको बैठक निजी निवास बूढानिलकण्ठमा बस्न लागेको हो ।

प्रतिक्रिया