आज तीन सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ८ साउन : शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा तीन सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ महँगो भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ९२ हजार १ सय रुपैयाँ पुगेको छ ।

गत बिहीबार बजारमा सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले नै बढ्दै ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदी शुक्रबार तोलामा १२ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया