थप दुई हजार नौ सय ७७ जनामा संक्रमण पुष्टि, १८ जनाको ज्यान गयो

admin

काठमाडौं, ८ साउन : शुक्रबार दुई हजार नौ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार नौ सय ८२ जना र तीन हजार ६ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ९५ जना गरी दुई हजार नौ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा कुल परीक्षणको १७ प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात लाख ३० हजार एक सय ४६ जना पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक हजार ६ सय ७८ जना निको भएसँगै निको हुनेको संख्या ६ लाख ३९ हजार तीन सय ६८ पुगेको छ ।

यस्तै थप १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार ६ सय ७९ पुगेको छ । अहिले नेपालमा २७ हजार ६ सय ६१ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ६ सय ८२ जनाको आईसीयू र एक सय ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया