justnep home

सुजिता हत्या प्रकरणमा नयाँ खुलासा : दाजुसँग प्रेम सम्बन्ध, बिहे गर्न नपाएपछि आ त्मह त्या

admin

काठमाडौं, ८ साउन : अपरहणमा परेकी भनिएकी पूर्वी चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारीले दाजुसँग विवाह गर्न नपाएपछि आ त्मह त्या गरेको रहस्य खुलेको छ ।

प्र हरीले आज पत्रकार सम्मेलन गरी आफ्नै ठुलोबावुको छोरासँग प्रेममा रहेकी सुजिताले विवाह गर्न नपाएपछि आ त्मह त्या गरेको आफ्नो अनुसन्धानको तथ्य बाहिर ल्याएपछि यस्तो खुलासा भएको हो ।

प्र हरीका अनुसार सुजिताको आफ्नै ठूलोबुवाको छोरा झापाको झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीसँग प्रेम सम्बन्ध रहेको थियो । विवाह नभएपछि उनले आ त्मह त्या गरेको प्र हरीको अनुसन्धानले देखाएको हो । लामो समयदेखिको एकअर्काको आकर्षणपछि सुजिताले सकुदेवलाई विवाहको लागि दबाब दिएकी थिइन् । सुजिताले असारको ९ गते सुकदेवसँग विवाहको प्रस्ताव गरेकी थिइन् ।

सुकदेवले नमानेपछि दुईजना बीच विवाद भएको थियो । सुजिताले विवाह नगरे मर्ने धम्की दिएकी थिइन् । सुकदेवले ‘जे गर्छस् गर्’ भनेपछि दुई जनाबीच सम्पर्क नभएको प्र हरीको भनाइ छ ।

जिल्ला प्र हरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रकाश अधिकारीका अनुसार समाजिक तथा नैतिक कठिनाइका कारण सकेसम्म विदेश जाने योजना बनाएको र त्यो संभव नभए एकआपसमा अपहरणको बाहना बनाइ कसैले थाहा नपाउने ठाँउमा गएर बस्ने योजना दुई जना मिलेर बनाएको अनुसन्धानबाट खुलेको छ ।

सुकदेवलाई काठमाडौंबाट प क्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार सुजितासँग खिचेको फोटो सुकदेवले डिलिट गरेका थिए । प्र हरीले मोबाइलबाट सबै फोटो रिकभर गरेर झिकेको छ । सुकदेव र सुजिता काठमाडौंमा एकैसाथ बस्ने योजना बनाएका थिए ।

दिदीको घर गएकी सुजिताले सुकदेवलाई काठमाडौंमा तुरुन्त कोठा खोज्न दबाब दिएको अनुसन्धानबाट खुलेको छ । सुजिता ह त्याका अनुसन्धान अधिकारी डिएसपी इन्द्रबहादुर रानाले परिवारबाट आएको एउटा सूचनाका आधारमा अनुसन्धानमा सफलता मिलेको बताउनु भयो । ‘हाम्रो अनुसन्धानबाट सुजिताको एक विशेष व्यक्तिसँगको सम्बन्ध पत्ता लगायो ।

दाजुबहिनीको भन्दा पनि शंकास्पद रहेको परिवार स्रोतबाटै थाहा भयो, सबै प्रमाण र तथ्यबाट हामीले पत्ता लगाउन सफल भयौं, डिएसपी रानाले भन्नुभयो।

सुजिता बुद्धशान्ति कलेजमा बीबीएस चौथो वर्ष परीक्षा सकेर विदामा बसेकी थिइन् । गत असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भीरमा सुजिताको श व भेटिएको थियो । सुजिता असार ११ गते साथीको घरमा जान्छु भनेर हिँडेकी थिइन् ।

पहिला परिवारले ह त्याको आ शंका गरेर जाहेरी दिएका थिए । तर ह त्या नभएको देखिएपछि आमा अम्बिका भण्डारीले सुकदेव विरुद्ध आ त्मह त्या दुरुत्साहनको जाहेरी दिनुभएको छ । भण्डारीको जाहेरीसँगै सुकदेवलाई प क्राउ गरी चितवन जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान गरेर अगाडि बढाइएको प्रह रीले जनाएको छ ।

प्रतिक्रिया