आजको मौसम: यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

admin

काठमाडौं, ९ साउन : देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(शनिबार) दिउँसो सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले देशभरका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको हुनाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

प्रतिक्रिया