बादल र विप्लवबीच भेटवार्ता

admin

काठमाडौं, ९ साउन : नेकपा एमालेका नेता रामबहादुर थापा बादल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।

बादललाई भेट्न विप्लवसहितका नेताहरु उनको निवासमा पुगेका थिए। भेटमा समसामयिक राजनीतिबारे कुराकानी भएको बादलको सचिवालयले जनाएको छ।

भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए। पूर्वमाओवादी नेताहरु सशस्त्र युद्धका सहयात्री हुन्। विप्लवले पछिल्लो समय राजनीतिक दलका नेताहरूसँगको भेटवार्ता तिब्र पारेका छन्।

प्रतिक्रिया