जङ्गली च्याउ खाँदा बाबु छोराको मृत्यु

admin

इलाम, ९ साउन :  इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृ त्यु भएको छ । मृ त्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्र हरी कार्यालयले जनाएको छ ।

प्र हरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृ त्यु भएको हो जिल्ला प्र हरी कार्यालयका प्र हरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया