कोरोनाविरुद्धको खोप लगाउन अब अनलाइन फाराम भर्नुपर्ने

admin

काठमाडौं, ९ साउन : काठमाडौं उपत्यकामा अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन (विद्युतीय) फाराम भर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ वर्षदेखि ५० वर्षका नागरिकहरुले अनलाइन फाराम भरेर प्राप्त गरेको दर्ता नम्बर ल्याएपछि मात्रै कोरोनाको खोप उपलब्ध हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रअनुसार अनलाइनमार्फत कोरोना खोप लगाउने निर्णय भएको कार्यालयले जनाएको छ । साथै, १८ देखि ५० वर्षका नागरिकलाई सकेसम्म चाँडो अनलाइन आवेदन फाराम भर्न पनि कार्यालयले जनाएको छ ।खोपका लागि आवेदन फाराम भर्न स्वास्थ्य मन्त्रालयको वेवसाइट भिजिट गर्नुपर्ने हुन्छ ।

खोपका लागि आवेदन भर्न यहाँ क्लिक गर्नुहोस् अनि भर्नुहोस्:
https://vaccine.mohp.gov.np

प्रतिक्रिया