नागरिक समूहको अध्यक्षमा सिग्देल निर्वाचित

admin

काठमाडौं, ९ साउन : नागरिक समूहको नवौँ साधारण सभाबाट जयराम सिग्देल अध्यक्षमा निर्वाचित भएका छन् । सामाजिक अभियन्ता एवं युवा वक्ता निगम हुमागाइँ संस्थापक अध्यक्ष रहेको नागरिक समूह २०७० सालमा स्थापना भएको हो ।

नवनिर्वाचित अध्यक्ष सिग्देलले नागरिक समूहले आम नागरिकको आवाजको प्रतिनिधित्व गर्दै सरकार तथा राजनैतिक नेतृत्वलाई खबरदारी गर्दै आएको तथा आगामी दिनमा सरकारका राम्रा कामलाई साथ दिँदै उद्योग, कलकारखाना, कृषि, पर्यटन, जलस्रोत, जडीबुटीका क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूसँग समन्वय गरी दिगो आर्थिक विकासका पक्षमा पनि आवाज उठाउने सहकार्य गर्ने बताए ।

समूहका संस्थापक अध्यक्ष निगम हुमागाईँले आफूले करिब नौ वर्षको कार्यकाल पूरा गरेको तथा सक्षम नेतृत्वलाई जिम्मेवारी सुम्पिन पाएकोमा र नेतृत्व हस्तान्तरण आफुहरुले नै सुरु गर्नुपर्ने बताउँदै समूहको गरिमा नयाँ समितिले अझै फराकिलो बनाउनेमा आफु विश्वस्त रहेको बताए ।

नवौँ साधारण सभाले सिग्देलको अध्यक्षतामा १७ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा बाबुराम आचार्य, महासचिव कृष्ण प्रसाद पौड्याल, सचिव रविन कटवाल, कोषाध्यक्ष मधुसूदन पाठक निर्वाचित भएका छन् भने केन्द्रीय सदस्यहरूमा बलराम श्रेष्ठ, पुरुषोत्तम हुमागाइँ, सुशील सिग्देल, नेत्र विष्ट, दीपक शिवभक्ती, अर्जुन घिमिरे, अर्जुन भुसाल, अनिता पन्त, छत्र बहादुर बस्नेत, राजन नेपाल, प्रकाश दर्जी निर्वाचित भएका छन् ।

प्रतिक्रिया