ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद भङ्ग भएसँगै प्रधानमन्त्री बर्खास्त

admin

काठमाडौं, ११ साउन : ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गरेका छन् । यस्तै, उनले संसद पनि भङ्ग गरेका छन् । ट्युनिसियामा कोरोना महामारी रोकथाम र अर्थव्यवस्था व्यवस्थित गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला उनले संसद भङ्ग गरेका छन् ।

ट्युनिसियामा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । देशमा शान्ति कायम गर्न यो कदम चालेको राष्ट्रपति सैयदको प्रतिक्रिया छ । उनले संविधान अनुसार नै नयाँ सरकार गठनका लागि प्रधानमन्त्री बर्खास्त गरेको दाबी गरे ।

प्रतिक्रिया