एक्सन खिच्दा विराज भट्ट घाइते, सुटिङ रोकियो

admin

काठमाडौँ, १२ साउन : अभिनेता विराज भट्ट घाइते भएका छन् । भोजपुरी फिल्म सुटिङको क्रममा भारतको लखनउमा उनको दुर्घटना भएको हो। भोजपुरी फिल्म ‘आक्रोश’ मा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको छ ।

खुट्टा भित्रको भागमा रगत जमेकाले चिकित्सकले तीन साता आराम गर्न सल्लाह दिएका छन् । विराज घाइते भएपछि अहिले फिल्मको छायांकन स्थगित भएको छ ।

केही दिनअघि फिल्म सुटिङ गर्न उनी लखनउ पुगेका थिए । सन्दीप सिंहले निर्देशन गरिरहेको फिल्ममा विराज संगै प्राची सिंह, सञ्जय पाण्डेय, मनोज टाइगर लगायतको अभिनय छ ।

प्रतिक्रिया