बहस नै नगरी परिवर्तनको एजेण्डामा संघीयता घुसाइयो : गोकुल बास्कोटा

admin

काठमाडौं, १२ साउन : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आमुल परिर्वतनको एजेण्डाभित्र खुसुक्क संघीयता घुसाइएको भन्दै धर्म, संस्कृति र राज्यबारे छुट्टै वहस हुनुपर्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत् संघीयताको बारेमा एमालेभित्र पनि बहस चलाउँदै आएका बास्कोटाले आर्थिक सामाजिक, सांस्कृति, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि नहेरी नेपाललाई संघीयतामा लगिएको बताएका छन् ।

(हिजो) सोमबार मात्रै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्म निरपेक्ष खारेजीको प्रस्ताव राखेपछि यो विषय पुनः बहसमा आएको छ ।

प्रतिक्रिया