परीक्षणको २२ प्रतिशतभन्दा धेरैमा संक्रमण, थप २० जनाको ज्यान गयो

admin

काठमाडौं, १२ साउन : मंगलबार देशभर तीन हजार आठ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ६ सय ५५ जनाको पीसीआर र चार हजार आठ सय ६३ जनाको एन्टिजेन गरी १७ हजार पाँच सय १८ जनाको नमुना परीक्षण गर्दा तीन हजार आठ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको २२ दशमलव २५ प्रतिशत हो । योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात लाख ४२ हजार आठ सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार सात सय ७८ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ जना पुगेको छ ।

यही अवधिमा थप २० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार सात सय ५८ जना पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा २८ हजार आठ सय ३६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया